सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य

  • Image नेप्लेज
  • ९ कार्तिक २०८३, सोमवार
  • 109 पटक हेरिएको
सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ ।

साविक उपविजेता सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध ५६ रन बनाउँदा सात विकेट गुमाएको छ । खेलको १०औँ ओभरमा शेर मल्लले लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम थप दबाबमा परेको हो । उनले स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराए । सुरुमा अम्पायरले आउट नदिए पनि लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू लिएपछि निर्णय सुदूरपश्चिमका ब्याट्सम्यानविरुद्ध गएको थियो ।

त्यसअघि मल्लले नै शेरफन रदरफोर्डलाई पभेलियन पठाएका थिए । ठूलो प्रहार गर्ने प्रयासमा रदरफोर्डले हावामा उडाएको बल लङअनमा रहेका आसिफ शेखले सहजै समाते । सुदूरपश्चिमको विकेट पतनको क्रम सुरुदेखि नै रोकिएको छैन ।

लुम्बिनीका बलर किशोर महतोले आरिफ शेखलाई खाता खोल्न नदिई आउट गरे भने ब्रान्डन म्याकमुलेनलाई बोल्ड गर्दै अर्को सफलता हात पारे । म्याकमुलेनले दुई बलमा दुई रन बनाएका थिए । ओपनर विनोद भण्डारीलाई शेर मल्लले ३.१ ओभरमा आउट गरेका थिए ।

त्यसपछि सैफ अली जैब पनि सुदूरपश्चिमका लागि चौथो विकेटका रूपमा पभेलियन फर्किए । इशान पाण्डेलाई तिलकराज भण्डारीले आउट गरे । उनको बलमा लुम्बिनीका कप्तान रोहित पौडेलले क्याच लिएपछि सुदूरपश्चिमले पाँचौँ विकेट गुमाएको थियो ।

उद्घाटन खेलमै लुम्बिनीका बलर हाबी हुँदा गत संस्करणको उपविजेता सुदूरपश्चिमले ठूलो स्कोर बनाउन संघर्ष गरिरहेको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ