काठमाडौं । थाइल्यान्डमा जारी टोयोटा नाखोन सावन इन्टरनेसनल सिरिजअन्तर्गत नेपाली ब्याडमिन्टन खेलाडी दीपक राना र पूर्ण थापाको जोडीले रोमाञ्चक जित निकाल्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।
नेपालका दीपक राना र पूर्ण थापाको जोडीले थाइल्यान्डका अमरन र चैयरको जोडीलाई १६–२१, २१–१३ र २१–१५ को सेटमा पराजित गरेको नेपाल ब्याडमिन्टन संघका प्रवक्ता बेनुपराज खत्रीले जनाएका छन् ।