काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा जारी दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा काष्ठमण्डप ‘बी’ ले जिनियस आईबीलाई १–० गोलले शुक्रबार पराजित गरेको छ ।
सिनियर ब्वाइजमै इम्पेरियल वल्र्डले काष्ठमण्डप ‘बी’ लाई १–० र जिनियस आईबीलाई ३–०, युरो हात्तीगौडाले मेरिडियनलाई २–१, दीक्षालयले मेरिडियनलाई १–० तथा काष्ठमण्डप ‘ए’ ले जोन डेवीलाई २–० गोलले हरायो ।
जुनियर ब्वाइजमा काष्ठमण्डप ‘बी’ ले इम्पेरियललाई २–०, मेरिडियनले काष्ठमण्डप ‘बी’ लाई ४–२ तथा युरो, हात्तीगौडाले इम्पेरियललाई २–१ र मेरिडियनलाई १–० गोलले पाखा लगाए ।
सिनियर गल्र्समा मेरिडियनले एलआरआईलाई ४–० तथा जोन डेवीले एलआरआईलाई ८–० गोलले पन्छाए ।