कालिकालाई दोहोरो उपाधि

  • Image नेप्लेज
  • १२ वैशाख २०८३, शनिवार
  • 1613 पटक हेरिएको
कालिकालाई दोहोरो उपाधि

काठमाडाैं। श्री कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ । श्री कालिका पुरुष÷महिला दुवैमा पहिलो भयो ।

भक्तपुर जिल्ला हक्की संघको आयोजनामा भक्तपुरस्थित मिड भ्याली कलेजमा भएको प्रतियोगिताको पुरुष÷महिला दुवैमा गुन्डु इङलिस स्कुल दोश्रो तथा जनता मावि तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए ।

पुरुषमा श्री कालिकाका मोहन विक उत्कृष्ट खेलाडी, श्री कालिकाका रोमन राणा उत्कृष्ट गोलरक्षक, जनताका अमितकुमार महतो उत्कृष्ट डिफेन्डर तथा श्री कालिकाका मोहन पुन र विवेक विक ९दुवै १४ गोल० सर्वाधिक गोलकर्ता भए ।

महिलामा श्री कालिकाकी रोजिना राणा उत्कृष्ट खेलाडी, जनताकी प्रियाकुमारी राय उत्कृष्ट गोलरक्षक, श्री कालिकाकी राइसा खातुन उत्कृष्ट डिफेन्डर र जनताकी प्रीति दास ९१२ गोल० सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।