पोखरामाथि काठमाडौंको जित
-
नेप्लेज
- |
- २०८२-०७-२७
- |
- 99 पटक हेरिएको
काठमाडौं। एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सलाई काठमाडौं स्पिकर्सले पराजित गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो सेटमा काठमाडौं २५-१९ र दोस्रो सेटमा २५-१७ ले विजय भएको थियो। तर, तेस्रो सेटमा पोखरा १२-२५ ले विजय भयो। त्यसपछि चौंथो सेटमा काठमाडौंले २५-१८ ले जित हासिल गर्यो।
यो जित निकाल्दै काठमाडौं तीन अंक जोड्न सफल भयो। चार खेलबाट ६ अंक पुगएको काठमाडौँको फाइनल पुग्ने सम्भावना बाँकी छ। पाँच खेलमा चार अंकसहित पोखराले लिग सकायो। हिजो भएको खेलमा पोखराले ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुन: सुचारू भएको हो।