विक्रम महिला र अनिल पुरुष फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२७
  • |
  • 167 पटक हेरिएको

काठमाडौं। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन र अनिलबहादुर गुरुङ नियुक्त भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विक्रमलाई महिला र अनिललाई पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

महिला टोलीको सहायक प्रशिक्षकमा नरेश श्रेष्ठ नियुक्त भएका छन्। साफ महिला फुटसल च्याम्पियनसिप  २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा आयोजना हुने तय भएको छ।

त्यस्तै, पुरुष टोलीको सहायक प्रशिक्षकमा सरोजकुमार थापा क्षेत्री नियुक्त भएका छन्। पुरुषतर्फको प्रतियोगिता पनि सोही मितिमा हुनेछ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal