प्रेसिडेन्ट लिगमा टाइगर्सको जित
-
नेप्लेज
- |
- २०८२-०७-२०
- |
- 80 पटक हेरिएको
एन्फा प्रेसिडेन्ट लिग फुटबलमा टाइगर्स टिमले गाईघाटलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
टाइगर्सका लागि सुजन लामा र आशिष श्रेष्ठले गोल गरे । गाईघाटका युगन राईले गोल फर्काएर। टाइगर्स टिमका सुसन लामा प्लेयर अफ द म्याच घोषित भए ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ ।
सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ ।
उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।