सुदूरपश्चिम रोयल्सको ‘कन्फिडेन्स’ पार्टनर बन्यो फोलिड्रम
-
नेप्लेज
- |
- २०८२-०७-२०
- |
- 107 पटक हेरिएको
काठमाडौँ । फोलिड्रम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्ससँग ‘कन्फिडेन्स’ पार्टनरका रूपमा जोडिएको छ ।
यससम्बन्धी सम्झौता फोलिड्रम र सुदूरपश्चिम रोयल्सबीच बिहीबार सम्पन्न भएको हो । सम्झौतापत्रमा फोलिड्रमकी चिफ कमर्सियल अफिसर (सीसीओ) पल्लवी बाजोरिया र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हस्ताक्षर गरे ।
सम्झौतापछि सुदूरपश्चिमका सीईओ प्रकाश खड्काले देशकै ठूलो कपाल प्रत्यारोपण सेवा प्रदायक फोलिड्रमसँग सहकार्य गर्न पाउँदा टिमलाई थप ऊर्जा मिल्ने बताए ।
उनले भने, ‘देशकै ठूलो कपाल प्रत्यारोपण गर्ने फोलिड्रमसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ । यसले मैदानमा पनि ‘कन्फिडेन्स’ बढाउने छ ।’
यसैगरी, बाजोरियाले ‘कन्फिडेन्स’ पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताइन् ।
उनले यो सहकार्यले फोलिड्रमलाई काठमाडौँ बाहिर विस्तार हुन पनि ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।