अन्तर वडा फुटसलको तयारी पूरा
-
नेप्लेज
- |
- २०८२-०७-२०
- |
- 75 पटक हेरिएको
तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा कात्तिक २२ देखि २९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ ।
सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित २५ वडा गरी २६ टिमको सहभागिता रहनेछ ।
उद्घाटन खेल काठमाडौँ महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ । आयोजक वडा २३ ले बिहिबार सहभागी टिमहरुलाई बोलाएर खेल तालिका ड्र गरेको थियो ।
नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ ।
उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।