काक्रेविहार युथ क्लब विजयी
-
नेप्लेज
- |
- २०८२-०७-२०
- |
- 65 पटक हेरिएको
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा मकवानपुरमा जारी प्रेसिडेन्ट लिग अन्तर्गत विहीबारको खेलमा काक्रेविहार युथ क्लब विजयी भएको छ । गौरीटार रंगशाला हेटौंडामा भएको खेलमा क्राक्रेविहारले हेयरन्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
काक्रेविहारले पहिलो हाफमै अग्रता लिए पनि दोस्रो हाफ थप रोमाञ्चक बनेको थियो । पहिलो हाफको ३२ औं मिनेटमा सुजन बालामपाकी मगरले गोल गर्दै काक्रेविहारलाई अग्रता दिलाएका थिए । यसैगरी ४२ औं मिनेटमा आशिष चापागाईंले गोल गरेपछि काक्रेविहारले पहिलो हाफ २-० को सहज अवस्थामा टुंग्याएको थियो ।
तर, दोस्रो हाफमा हेयरेन्सले कमब्याक गरेको थियो । ५८ औं मिनेटमा समिराज ठोकरले गोल गर्दै अग्रता २-१ मा झारेका थिए । ६८ औं मिनेटमा अनिश घर्तीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए । तर, ८४ औं मिनेटमा विश्व लामाले गोल गर्दै काक्रेविहारलाई ३-२ को जित दिलाए ।

लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।
