सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो आफ्नो अफिसियल एन्थम
-
नेप्लेज
- |
- २०८२-०७-२०
- |
- 66 पटक हेरिएको
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले आफ्नो अफिसियल एन्थम सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमको स्थानीय भाषा समेटेर तयार पारिएको उक्त एन्थममा ‘खेल्ल पड्यो, लड्ड पड्यो, जित्त पड्यो’ भन्ने लय राखिएको छ । डीएनएक्सले स्वर दिएको यस गीतको शब्द र संगीत दिनेश नेपालीले तयार पारेका हुन् ।
यसको उत्पादन र रेकर्डिङ कपास स्टुडियोमा गरिएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकार खड्काले यस एन्थमले सुदूरपश्चिमका समर्थकहरूलाई टिमसँग अपनत्वको महसुस गराउने र मैदानमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘यो एन्थमले सुदूरपश्चिमका समर्थकलाई अपनत्वको महसुस गराउनेछ र मैदानमा झनै ऊर्जा निकाल्नेछ ।’
सुदूरपश्चिम रोयल्सको टोली: खेलाडी: दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षक: जगत टमटा