एन्फा मुख्यालयबाहिर खेलाडीको प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२०
  • |
  • 58 पटक हेरिएको

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडीहरूले प्रदर्शन गरेका छन्।

एन्फाले यो वर्ष ए डिभिजन लिग नगर्ने भएपछि खेलाडीहरूले प्रदर्शन गरेका हुन्। झण्डै तीन वर्षदेखि नभएको ए डिभिजन लिग फेरि यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध खेलाडीहरूले प्रदर्शन गरेका हुन्।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा प्रदर्शन भइरहेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले एन्फा र खेलाडीबीच छलफल गरेर समाधान निकाल्ने बताएका छन्। बिहीबार बिहान नेपाल खेलाडी संघ र खेलाडीहरू सातदोबाटोस्थित एन्फाको मुख्यालयमा धर्ना बसिरहेका छन्।

एन्फाले यो वर्ष 'ए' डिभिजन लिग नगर्न घोषण गरेपछि खेलाडीहरू धर्नामा बसेका हुन्। सो धर्ना कार्यक्रमका बिच एन्फाका प्रवक्ता शाहले खेलाडीहरूलाई आश्वासन दिँदै खेलाडी र एन्फाबिच छलफल गरेर समाधान निकाल्ने बताएका हुन्। 'तपाईँहरूको समस्या के हो, त्यो तपाईँहरू र हामी एन्फा पदआधिकारी बसेर छलफल गरेर समाधान निकाल्ने छौँ,' प्रवक्ता शाहले भने।

बिहान ११ बजेबाट सुरु भएको सो कार्यक्रम अहिले पनि जारी छ। खेलाडीहरूलाई एन्फाभित्र रोक लगाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। ए डिभिजन लिग आयोजना नभएको झन्डै तीन वर्ष हुन लागेको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal