काभा यु–१९ महिला भलिबल : नेपालको पहिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-१९
  • |
  • 131 पटक हेरिएको

काठमाडौं । काभा यु–१९ महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले पहिलो जित निकालेको छ ।

श्रीलंकामा जारी च्याम्पियनसिपमा बुधबार नेपालले घरेलु टोलीमाथि ३–१ को सेटमा जित निकालेको हो । पहिलो सेट २५–१८ र दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट १९–२५ ले श्रीलंकालाई सुम्पियो ।

चौथो सेटमा २५–२० ले जित निकाल्दै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्‍यो ।

च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानसहित ४ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।

कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal