एभरेष्ट महिला भलिबल लिग : कार्तिक २६ देखि काठमाडौंमै हुने
-
नेप्लेज
- |
- २०८२-०७-१८
- |
- 104 पटक हेरिएको
काठमाडौं। एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ सम्म पुनः सञ्चालन हुने भएको छ।
आयोजकले यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको र लिगको बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताएको छ।
यस्तै खेल तालिका चाँडै सार्वजनिक गरिनेछ। लिगको पहिलो चरणका ९ खेल सम्पन्न भइसकेको छ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए।