काभा यु–१९ च्याम्पियनसिपका लागि नेपाली महिला भलिबल टिमको विदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-१५
  • |
  • 143 पटक हेरिएको

काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई विदाई गरिएको छ । 

शनिबार नेपाल भलिवल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिवलको राष्ट्रिय कोर्ट नरहेकाले भलिवल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै उहाले बिभिन्न खेलमा अन्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताउनुभयो ।

खेलकुद बिकास कोषमा कम्पनीहरुले आफ्नो सिएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उहाले उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले सवै खेलका खेलाडीहरुलाई परिचय पत्र बितरण गर्ने तयारी समेत आफुले गरेको बताउनुभयो । 

नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिवल संघले जनाएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal