नेपाली फुटबलको दीर्घकालीन विकासका लागि कार्यदल गठन, ए डिभिजन लिगबारे पनि छलफल

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-१३
  • |
  • 235 पटक हेरिएको

 नेपाली फुटबलको दीर्घकालीन विकासका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ । 

बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीबीच भएको छलफलले फुटबलको दीर्घकालीन विकासका लागि अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको एन्फा महासचिव किरण राईले जानकारी दिए । 

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पाँच दिनभित्र फुटबलको विकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन दिएको राईले बताए । 

त्यस्तै ए डिभिजन लिगका सन्दर्भमा समेत मन्त्री गुप्ताले चासो व्यक्त गरेका थिए । क्लबहरू तयारी भए ए डिभिजन लिग आयोजना गर्न आफूहरू तयार रहेको जानकारी गराएको महासचिव राईले जानकारी दिए। 

 

ए डिभिजन लिग सञ्चालन गर्न ३ देखि ४ करोडको खर्च हुने भए पनि मन्त्रालयबाट ४० लाख मात्रै विनियोजन गर्दा समस्या भएको उनले बताए । 

उनले लिगका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिबद्धता आएको बताए । 

त्यस्तै छलफलमा सहभागी ए डिभिजन क्लबका प्रतिनिधिहरूले आफूहरू खेलका लागि तयार रहे पनि एन्फाले समयमा नै प्रतियोगिता आयोजना गर्न नसकेको जनाएका थिए ।  अहिलेको अवस्थामा होम अवे खेल खेल्न नसक्ने उनीहरूले जनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal