दक्षिण अफ्रिका पहिलो पटक महिला विश्वकपको फाइनलमा 

Kelmi

  • एजेन्सी
  • |
  • २०८२-०७-१३
  • |
  • 290 पटक हेरिएको

आइसीसी महिला एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १२५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । गुवाहाटीको बार्सापरा क्रिकेट स्टेडियममा खेलिएको खेलमा कप्तान लौरा वोल्वार्डको शानदार शतकको मद्दतले दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो । जवाफमा, इङ्ल्यान्ड ४२.३ ओभरमा १९४ रनमा मात्र अलआउट भयो ।

मारिजान क्यापले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिइन् भने नादिन डे क्लार्कले दुई विकेट लिइन्। अयाबोङ्गा खाका, म्लाबा र सुने लुसले एक–एक विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका पहिलो पटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ । यो महिला विश्वकप इतिहासमा इङ्ल्यान्डको दोस्रो सबैभन्दा ठूलो हार हो । २०२५ महिला विश्वकपको आफ्नो पहिलो खेलमा (अक्टोबर ३), दक्षिण अफ्रिका गुवाहाटीको सोही मैदानमा इङ्गल्याण्डसँग केवल ६९ रनमा अलआउट भयो ।  महिला विश्वकपमा दक्षिण अफ्रिकाको सबैभन्दा कम स्कोर र एकदिवसीयमा तेस्रो सबैभन्दा कम स्कोर थियो ।

तर २७ दिन पछि, दक्षिण अफ्रिकाले सोही मैदानमा इङ्गल्याण्ड विरुद्ध आफ्नो उच्चतम एकदिवसीय कुल बनाएर बदला लियो र सात विकेटमा ३१९ रन बनायो । जुन अहिलेसम्मको उनीहरूको उच्चतम एकदिवसीय कुल योगफल हो । 

३२० को लक्ष्य पछ्याउँदै, इङ्गल्याण्डको सुरुवात खराब भयो । टोलीले केवल एक रनमा तीन विकेट गुमायो ।  एमी जोन्स, ट्यामी ब्यूमोन्ट र हेदर नाइट सबै रन नबनाइ फर्किए । इनिङ्सको पहिलो ओभरमा मारिजान क्यापले एमी र नाइटलाई बोल्ड गरिन् भने अर्को ओभरमा अयाबोङ्गा खाकाले ब्युमोन्टलाई विकेटकिपर सिनोलो जाफ्टाको हातबाट क्याच गराइन् ।

त्यसपछि नेट स्काइभर–ब्रन्ट (६४) र एलिस क्याप्सी (५०) ले चौथो विकेटको लागि १०५ रन जोडे । उनीहरूले टोलीलाई लयमा राख्ने प्रयास गरे, तर २३ औं ओभरमा सुन लुसले क्याप्सीलाई नाडाइन डे क्लार्कको हातबाट क्याच गराएर साझेदारी तोडिन् । क्याप्सीले ७१ बलमा छ चौका प्रहार गरिन् । त्यसपछि कापले स्काइभर–ब्रन्टलाई विकेटकिपर जाफ्टाको हातबाट क्याच गराइन् । त्यसपछि इङ्ल्यान्डको बाँकी आशा समाप्त भयो । ब्रन्टले ७६ बलमा छ चौका र एक छक्का प्रहार गरिन् । कापले सोफिया डङ्कली (०२) र चार्ली डीन (००) लाई पनि आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरिन् । नाडाइन डे क्लार्कले दुई विकेट लिए र लिन्सी स्मिथ (२७) लाई सुन लुसको हातबाट क्याच गराएपछि दक्षिण अफ्रिकाको जित सुनिश्चित भएको थियो ।

खेलमा पाँच विकेट लिएर, मारिजान क्यापले एउटा महत्वपूर्ण उपलब्धि हासिल गरिन् । उनी एकदिवसीय विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन् । उनले ४४ विकेट लिइन्, जुन यसअघि पूर्व भारतीय बलर झुलन गोस्वामीको नाममा रहेको रेकर्ड थियो । उनले ३४ इनिङमा ४३ विकेट लिएकी थिइन् ।

यसअघि, दक्षिण अफ्रिकाले महिला एकदिवसीय विश्वकप सेमिफाइनलमा कप्तान लौरा वोल्वार्डको शानदार शतकको कारणले ठूलो योगफल बनाएको थियो । वोल्वार्डले आफ्नो १४३ बलको म्याराथन इनिङमा १७ चौका र तीन छक्का प्रहार गर्दै १६९ रन बनाएकी थिइन् । उनले ताजमिन ब्रिट्स (६५ बलमा ४५) सँग ११६ रनको ओपनिङ साझेदारी गरेर टोलीलाई बलियो सुरुवात दिलाइन् ।

दक्षिण अफ्रिकाले मध्य ओभरमा तीन रनमा तीन विकेट गुमायो, तर वोल्वार्डले मारिजान क्याप (३३ बलमा ४२) सँग इनिङलाई स्थिर बनाइन् र चौथो विकेटको लागि ७२ रन थपिन्।  अन्तिम ओभरहरूमा, क्लो ट्रियोन (२६ बलमा अविजित ३३) र नाडाइन डे क्लार्क (६ बलमा अविजित ११) ले आक्रामक ब्याटिङ गर्दै टोलीलाई ३०० को पार गराइन् । दक्षिण अफ्रिकाले अन्तिम १० ओभरमा ११७ रन बनाएको थियो ।

वोल्वार्डले आफ्नो इनिङको पहिलो हाफमा उत्कृष्ट अफ–साइड ड्राइभ खेलिन् र पछि इङ्गल्याण्डका तीव्र बलर र स्पिनरहरूलाई मिडविकेटतर्फ धेरै चौका र छक्का प्रहार गरिन् । उनले ४७ औं ओभरमा २० रन बनाइन्, बायाँ हाते स्पिनर लिन्से स्मिथको लगातार बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । त्यो ओभरमा, उनले आफ्नो १५० रन पूरा गरिन् र ५,००० एकदिवसीय रन पनि पूरा गरिन् । अर्को ओभरमा उनी लरेन बेलको बलमा एलिस क्याप्सीको हातबाट क्याच भइन् ।

इङ्गल्याण्डका लागि, सोफी एक्लेस्टोनले ४४ रन खर्चेर चार विकेट लिइन् र लरेन बेलले ५५ रन खर्चेर दुई विकेट लिइन् ।

विश्वकपको दोस्रो फाइनलमा आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समय अनुसार सवा ३ बजेदेखि सुरुहुने छ । आजको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग आइतबार खेल्ने छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal