एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-०९
  • |
  • 326 पटक हेरिएको

काठमाडौं। तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ ।

एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ । जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् ।

समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् । समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छिन् ।

पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् । टोलीलाई नागर्जुन नगरपालिका वडा १ ले आइतबार बिदाइ गरेको छ । वडा १ का अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रुपमा २५ हजार नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।

एसियाली युथ गेम्सकै लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबारै बहराइन जाने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal