मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-०१
  • |
  • 127 पटक हेरिएको

मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ ।

काठमाडौंको डाँछीमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमीले खेलाडी तथा अफिसियललाई शनिबार सम्मान गरेको हो ।

एकेडेमीको तर्फबाट शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले खेलाडी तथा अफिसियललाई सम्मान गरे ।

सम्मानित हुने खेलाडीमा स्वर्ण विजेता खेलाडीहरु केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा तथा रजत विजेता सन्दीप बस्नेत छन् ।

यस्तै टोलीको प्रशिक्षक श्रीकृष्ण खड्का, व्यवस्थापक गणेशबहादुर खड्का र टोली प्रमुख महेन्द्रराज घिमिरेलाई पनि सम्मान गरियो ।

नेपाली खेलाडी तथा अफिसियललाई प्रोत्साहनस्वरूप सम्मान गरिएको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक खड्काले बताए ।

मलेसियामा भएको उक्त प्रतियोगितामा अशोक पनि निर्णायकको रूपमा सहभागी थिए । उनी सो प्रतियोगिताको उत्कृष्ट निर्णायक घोषित भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal