भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-०१
  • |
  • 163 पटक हेरिएको

भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा खेल्ने भएका छन् । प्रतियोगिता अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुनेछ ।

वल्र्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा भूपेन्द्रले ३ विधामा प्रतिस्पर्धा गर्ने छन् । उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अमेरिकामा भूपेन्द्रले दोश्रोपटक खेल्न लागेका हुन् । यसअघि उनले अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए । भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

भूपेन्द्रलाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेत, नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन र कोषाध्यक्ष सूर्य तामाङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । भूपेन्द्र अक्टोबर २३ तारिख अमेरिका प्रस्थान गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal