एनपीएल अघि त्रिवि क्रिकेट मैदानको काम सक्न मन्त्री घिसिङको निर्देशन

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०६-२३
  • |
  • 243 पटक हेरिएको

काठमाडौं । उर्जा एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले १ महिनाभित्र त्रिवि क्रिकेट मैदानको सम्पूर्ण काम सक्न निर्देशन दिएका छन् । 

नयाँ सरकार बनेपछि पहिलो पटक त्रिवि मैदानको अनुगमन गर्न पुगेका मन्त्री घिसिङले नेपाल प्रिमियर लिग एनपीएल सुरुहुनु पूर्व नै फ्लर्ड लाइटको काम सक्न निर्देशन दिएका हुन् । ‘उनले भने १७ नोभेम्बर देखि एनपीएल सुरुहुँदै छ, सबै काम सक्नुस् ।’

उनले अब ४० दिनभन्दा कमको समय बाँकी रहेको भन्दै दिनरात नभनी काम गर्न पनि निर्देशन दिए । निर्माण कम्पनीका प्रतिनिधि सरोज दाहालले काम अन्तिम चरणमा पुगेको बताउँदै एनपीएल अघि तयार हुने बताए ।

सो अवसरमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले मन्त्रीसहितको टोलीलाई मैदान निर्माणको वस्तुस्थितिबारे जानकारी गराएका थिए । यसैगरी त्रिभुवन विश्वविद्यालयसँग भाडामा लिएको क्रिकेट मैदानको समयअवधि सकिन लागेको विषयमा पनि मन्त्री घिसिङलाई जानकारी गराइएको थियो । क्रिकेट मैदानको भोगाधिकार सम्झौता अवघि २०८३ बैशाखसम्म रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal