वेस्टइन्डिजमाथि भारतले निकाल्यो इनिङ र १४० रनको जीत 

Kelmi

  • एजेन्सी
  • |
  • २०८२-०६-१८
  • |
  • 201 पटक हेरिएको

हाइलाइट्स

  • दोस्रो टेस्ट दिल्लीमा अक्टोबर १० तारिखदेखि 

काठमाडौं । दुई टेस्ट शृङ्खलाको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई इनिङ र १४० रनले पराजित गरेको छ । तेस्रो दिन टी–ब्रेक अघि खेल सकियो । अहमदाबादमा भएको पहिलो टेस्ट केवल २१७.२ ओभरमा सकियो ।

शनिबार वेस्ट इन्डिजको दोस्रो इनिङ ४५.१ ओभरमा मात्र १४६ रनमा सीमित भयो । रविन्द्र जडेजाले ४ विकेट लिए, मोहम्मद सिराजले तीन र कुलदीप यादवले दुई विकेट लिए । वाशिंगटन सुन्दरको नाउँमा एक विकेट रह्यो ।

यसअघि, भारतले ४४८/५ मा आफ्नो पहिलो इनिङ घोषणा गरेको थियो । 

वेस्ट इन्डिजलाई इनिङको हारबाट बच्न २८७ रन चाहिएको थियो । वेस्टइन्डिज पहिलो इनिङमा १६२ रनमै अलआउट भएको थियो । 

भारतले पहिलो पारिमा तीन खेलाडीको शतक मद्दतले विशाल योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका पाँच ब्याट्सम्यान दोस्रो इनिङमा १० रन पनि बनाउन असफल भए । तेगनारायण चन्द्रपाल ८ रन बनाएर आउट भए, ब्रान्डन किङ ५ रन बनाएर आउट भए, कप्तान रोस्टन चेस र शाई होपले १/१ रन बनाए । जोमेल वारिकनले आफ्नो खाता पनि खोल्न सकेनन् ।

दोस्रो पारिमा वेस्टइन्डिजका एलिक एथनाजेले सर्वाधिक ३८ रन बनाउँदा जस्टिन ग्रेभेसले २५ रन बनाए । 

भारतका अलराउन्डर रवीन्द्र जडेजाले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो इनिङमा अविजित १०४ रन बनाए, जुन उनको टेस्ट करियरको छैटौं शतक थियो । त्यसपछि उनले वेस्ट इन्डिजको दोस्रो इनिङमा चार विकेट लिए ।

टेस्ट क्रिकेटमा जडेजाको अब ३९९० रन र ३३४ विकेट छ। उनी अब टेस्टमा ४,००० रन बनाएका र ३०० विकेट लिएका अलराउन्डरहरूको क्लबमा सामेल हुने धेरै नजिक छन् । यो उपलब्धि हासिल गर्न उनलाई केवल १० रन चाहिएको छ । 

केएल राहुलले भारतको पहिलो इनिङमा पूरा १०० रन बनाए । यो नौ वर्षपछि भारतीय भूमिमा उनको पहिलो शतक हो । उनको अघिल्लो शतक २०१६ मा चेन्नईमा इङ्गल्याण्ड विरुद्ध बनेको थियो ।

राहुल जस्तै, यो ध्रुव जुरेलको लागि पनि यादगार टेस्ट म्याच बनेको छ ।  नियमित विकेटकिपर ऋषभ पन्त चोटका कारण मैदान बाहिर रहँदा जुरेलले उनको स्थान लिएका छन् । उनी भारतीय टेस्ट क्रिकेटको ९३ वर्षको इतिहासमा शतक बनाउने १२ औं विकेटकिपर मात्र बने । जुरेलले १२५ रन बनाए ।

 टेस्ट म्याचमा भारतीय बलिङ गति र स्पिन दुवै मोर्चामा प्रभावशाली रह्यो। वेस्ट इन्डिजको पहिलो इनिङमा भारतीय तीव्र गतिका बलरहरूले सात विकेट लिए भने स्पिनरहरूले तीन विकेट लिए । दोस्रो इनिङमा भारतीय स्पिनरहरूले सात र तेज बलरहरूले तीन विकेट लिए । मोहम्मद सिराजले खेलमा सात विकेट लिए । जसप्रीत बुमराहले तीन विकेट लिए । स्पिनरहरूमध्ये जडेजा र कुलदीपले चार–चार विकेट लिए । वाशिंगटन सुन्दरले दुई विकेट लिए ।

श्रृंखलाको दोस्रो टेस्ट अक्टोबर १० देखि दिल्लीमा खेलिनेछ । भारत र वेस्ट इन्डिजबीच अहिलेसम्म सात टेस्ट खेलिएका छन् । भारतले यी टेस्टहरूमध्ये एउटा मात्र जितेको छ भने वेस्ट इन्डिजले दुई जितेको छ र चार बराबरी भएका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal