गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण गर्यो
-
नेप्लेज
- |
- २०८२-०६-०७
- |
- 208 पटक हेरिएको
काठमाडौँ । गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
गोल्छा ग्रुपले मङ्गलवार काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच २० थान (पल्सर १५०सि सी) मोटरसाइकल हस्तान्तरण गरेको हो ।
काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका छन्।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सो ग्रुपका अध्यक्ष शेखर गोल्छा र सो संस्थाका पदाधिकारीहरू साथै काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री नवराज अधिकारी , सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।