फुटबल खेल्दा दाइहरुबाट कुटाइ पनि खाए कुटे पनिः कप्तान भण्डारी

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०४-१७
  • |
  • 406 पटक हेरिएको

मकवानपुर । नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बाले आफूले मोजाको बलबाट फुटबल सुरु गरेको स्मरण गरेकी छिन् । सञ्चारिका समूह मकवानपुरले शनिबार गरेको सम्मान कार्यक्रममा भण्डारीले ६, ७ वर्षकै उमेरबाट फुटबल खेले पनि आफ्नो हातमा हातमा मोजाको भकुण्डो हुने र मोजाको भकुण्डो खेल्ने क्रममा पनि खालीखुट्टा नै हुने गरेको बताइन् । उनले भनिन् ‘ किनकि मेरो परिवारको संख्या चार दिदीबहिनी दुई भाई र बुवाको एउटा तलबले सबैजना परिवारलाई पु¥याउनु पर्ने भएकाले फुटबल त परको कुरा हुन्थ्यो ।’ 

यसैगरी, उनले परिवारमा मेरो बुवा मम्मीलाई मैले कहिले पनि मलाई चाहिँ जर्सी चाहियो बुट चाहियो भनेर पनि नभनेको बताइन् । ‘किनकि ति सबै अभावमा हुर्किएर आज यो ठाउँमा उभिन सकेको छु ।’

किनभने त्यो मोजाको भकुण्डोले मलाई धेरै कुराहरु सिकाएको छ । किनकि त्यो मोजाको भकुण्डो नखेलेको भए सबै कुराहरु मैले फ्यासिलिटी पाएको भए आज म यो ठाउँमा पुग्दिनथे होला ।

यस्तै कप्तान भण्डारीले सुरुमा केटाहरुसँग फुटबल खेलेको पनि बताइन् । उनले भनिन् ‘मेरो टिममेट्सहरुमा मैले केटी साथीहरु कमै पाउथे एक दुई जना केटी साथी हरु हुन्थ्यो अधिकांश चाहिँ केटा साथी हरु नै हुन्थे । र केटा साथीहरुमा पनि ठूला–ठूला दाइहरु, मामाहरु, काकाहरु त्यो खालको परिवेशमा मैले फुटबल खेल्थे । र फुटबल खेल्ने क्रममा कहिलेकाहिँ दाजुहरुले मलाई पिट्नु हुन्थ्यो । किनकि मैले जहिले पनि मेरो आफ्नो राइट्सको लागि फाइट गर्थे किनकि बल खेल्न पाइन भने मलाई टिमबाट निकाल्यो भने दाइहरुसँग जहिले नै म फाइट गर्थे। फाइट कसरी गर्थे भने दाइहरुले पिट्नु हुन्थ्यो भने म पनि गरेर पिट्थे ।’

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal