टियूका विद्यार्थीले एनपीएल रू १५० मै हेर्न पाउने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१४
  • |
  • 2323 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यान र त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनबीचको सम्झौता अनुसार नेपाल प्रिमियर लिग एनपीएल हेर्नका लागि टियूका विद्यार्थीले ५० प्रतिशत छुट पाउने भएका छन् ।

क्यान र त्रिवि स्ववियूबीच भएको सहमति अनुसार विद्यार्थीका लागि क्यानले साधारणतर्फको टिकट मूल्यमा ५० प्रतिशत छुट पाउने भएका हुन् । विद्यार्थीहरुका लागि टिकट किन्न छुट्टै स्टलको व्यवस्था गरिएको छ । उक्त स्टल त्रिविको गल्स होस्टेल अगाडि स्थापना गरिने स्ववियु सभापति श्याम राज ओझाले जानकारी दिए ।

क्यानले पनि उक्त सहमति अनुसार विद्यार्थीलाई छुटको व्यवस्था मिलाइएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

क्यानले उद्घाटनका दिन साधारणतर्फ ३ सय रुपैयाँ टिकट मूल्य तोकेको छ भने भिआईपीतर्फ ७ सय रुपैयाँ तोकेको छ । यसैगरी अरु दिन साधारणतर्फ ३ सय र भीआइपीएतर्फ ५ सय रहेको छ । 

प्लेअफ खेलका बेला साधारणतर्फ ५ सय र भीआइपीएतर्फ ७ सय रहने छ भने फाइनल खेलमा भने साधारणतर्फ ५ सय र भीआइपीतर्फ १ हजार तय गरिएको छ ।

एनपीएल त्रिवि क्रिकेट मैदानमा शनिबार मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदै छ । प्रतियोगिताको तयारी पूरा भएको छ । 

May be an image of text

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal