अस्ट्रेलियाको जितसँगै इंग्ल्याण्ड पनि विश्वकपको सुपर एटमा

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०३-०२
  • |
  • 356 पटक हेरिएको

आइसीसी टी–२० विश्वकपको समूह चरणमा स्कटल्याण्डलाई अष्ट्रेलियाले पराजित गरेसँगै डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर एटमा प्रवेश गरेको छ । नामेवियाविरुद्ध जित निकाल्दै सुपर एट पुग्नका लागि इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको नतिजा कुरेको थियो ।

इंग्ल्याण्डलाई सुपर एटमका स्थान पक्का गर्नका लागि अष्ट्रेलिया विजयी हुनु पर्ने थियो । नतिजा पनि यही अनुसार आएको छ ।

स्कटल्याण्डको टोली भने प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८० रनको विशाल स्कोर बनायो । जवाफमा अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै इंग्ल्यान्डलाई सुपर–८ मा पुर्यायो ।

लक्ष्य पछ्याउन मैदान उत्रेको अष्ट्रेलियालाई छिट्टै पहिलो झट्का लाग्यो । डेभिड वार्नर मात्र १ रन बनाएर पभेलियन फर्किए । कप्तान मिचेल मार्सले पनि ८ रन मात्र बनाउन सके । ग्लेन म्याक्सवेलले पनि ११ रन मात्र बनाउन सके र कंगारु टोलीले ६० रनसम्ममा ३ विकेट गुमाएको थियो ।

Safyaan Sharif struck first ball to get rid of Mitchell Marsh, Australia vs Scotland, T20 World Cup 2024, Gros Islet, June 15, 2024

तर, यसपछि ट्राभिस हेड र मार्कस स्टोइनिसले तुफानी साझेदारी गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए । दुवै ब्याट्सम्यानले चौथो विकेटका लागि ८० रन जोडे । ट्राभिस हेडले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६८ रनको इनिङ खेले । जहाँ मार्कुस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ५९ रनको इनिङ खेले । त्यसपछि टिम डेभिड र म्याथ्यु वेडले टोलीलाई जित दिलाए । अष्ट्रेलियाको यो जितसँगै स्कटल्याण्ड टी–२० विश्वकपबाट बाहिरिएको छ भने इंग्ल्यान्ड सुपर ८ मा छनोट भएको छ । स्कटल्याण्डका मार्क वाट र सेफरन सेरिफले दुई दुई विकेट लिए । ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डको सुरुआत राम्रो नभए पनि मिडिल अर्डरका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अष्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भएको थियो ।

स्कटल्याण्डले पहिलो विकेट ३ रन हुँदा गुमाएको थियो । उसका मिचेल जोन्स व्यक्तिगत २ रन बनाएर आउट भएका थिए । त्यसपछि जर्ज मुन्से र ब्रान्डन म्याकमुलेनले ८९ रनको साझेदारी गर्दै अघि बढाए । मुन्से २३ बलमा ३५ रनको पारि खेल्दै म्याक्सवेलबाट आउट भएका थिए । मुन्सेले ३ छक्का र २ चौका प्रहार गरे ।

ब्रान्डनलाई साथ दिन रिचे बेरिङटन आएका थिए । ११.२ ओभरमा टिमको स्कोर १११ रन हुँदा तेस्रो विकेट गुमेको थियो । यसबीचमा ब्रान्डनले ३४ बलमा ६० रनको अर्धशतकीय पारि खेलेर विदा भए । उनले ६ छक्का र २ चौका प्रहार गरेका थिए । ब््रान्डनलाई एडम जाम्पाले पाखा लगाएका हुन् ।

यसैगरी १४.३ ओभरमा १३६ रन हुँदा म्याथ्यु क्रस १८ रन बनाएर आउट भए । उनले ११ बलमा समान एक छक्का र चौका प्रहार गरेका बेला म्याक्सवेलले आउट गरेका थिए । टिमले १६.५ ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो । यतिबेला स्कटल्याण्डको स्कोर १५२ रन पुगेको थियो । पाँचौं विकेटको रुप्मा मिचेल लिस्क ५ रन बनाएर पभेलियन फर्किए । अन्तिमसम्म क्रिजमा कप्तान रिचे बेरिङटन डटेका थिए । उनले ३१ बलमा नटआउट ४२ रन बनाउँदा २ छक्का र १ चौका प्रहार गरे । क्रिस ग्रेभ्सले  १० बलमा ९ रनको नटआउट पारि खेले ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चिएर २ विकेट हात पारे । यस्तै, एस्टन अगरले ४ ओभरमा ३९ रन दिएर १ विकेट हात पार्दा नाथन इलिसले ४ ओभरमा ३४ रन खर्चिएर १ विकेट लिए ।

त्यसैगरी एडम जाम्पाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey