‘हरेक पटक नेपाली टिम फेरबदल गर्नुपर्छ जस्तो छ’ : पारस खड्का
- नेप्लेज
- |
- २०८१-०१-२२
- |
- 1480 पटक हेरिएको
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेट प्रति अहिले अत्याधिक चासो रहेको बताएका छन् ।
टी २० विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टोलीलाई विदाई गर्न आयोजित समारोहमा सचिव खड्काले अहिले कुनै एक खेल हार्दा सामाजिक सञ्जालमा आउने कमेन्टकै कारण हरेक म्याचमा छुट्टा छुट्टै टिम खेलाउनु पर्छकी के हो भन्दै आफ्ना कुरा राखे ।
यसलाई आफूले सकारात्मक रुपमा लिएको पनि बताए ।