लामोसाँघुमाथि योङ्ग जेनेरेसनको सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१५
  • |
  • 737 पटक हेरिएको

लामोसाँघु । योङ्ग जेनेरेसन यूथ क्लबले सिन्धुपाल्चोक जिल्ला लिग फुटबलमा सहज जित हासिल गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिबार सम्पन्न खेलमा घरेलु टोली लामोसाँघु फुटबल क्लबमाथि ३-० गोल अन्तरको जित हासिल गरेको हो। 

योङ्ग जेनेरेसनको जितमा उज्ज्वल श्रेष्ठ, अनमोल श्रेष्ठ र विशालविक्रम शिलवालले १/१ गोल गरे। यी ३ गोल खेलको पहिलो हाफमा भएको थियो।

३३औँ मिनेटमा उज्ज्वलको गोलमा योङ्ग जेनेरेसन शुरूआती अग्रता लिएको थियो। ४१औँ मिनेटमा अनमोलले गोल गर्दै खेल २-० मा पुर्‍याए।

पहिलो हाफको अतिरिक्त समयमा विशालले गोल गरेपछि योङ्ग जेनेरेसनले खेलमा ३-० को आरामदायी अग्रता बनायो। 

त्यसपछि बाँकी समय थप गोल नहुँदा योङ्ग जेनेरेसन पहिलो खेलमा जित हासिल गर्न सफल भयो। पराजित लामोसाँघुले भने लगातार दोस्रो खेलमा पराजय बेहोरेको छ। यसअघि पहिलो खेलमा लामोसाँघु प्याराडाइज युवा क्लबसँग पराजित भएको थियो। 

जितसँगै समूह ‘सी’ मा ३ अंक जोडेको  योङ्ग जेनेरेसन शीर्ष स्थानमा छ। आइतबार पनि दुई खेल हुनेछ। पहिलो खेलमा समूह ‘डी’ मा रहेको न्यू सदाबहार युवा क्लबले श्री कालीका त्रिशक्ति युवा क्लबको सामना गर्नेछ। दिनको दोस्रो खेलमा समूह ‘ए’ मा रहेको चौतारा स्पोर्टिङ क्लबले न्यू जेनेरेसन क्लबको सामना गर्नेछ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey