सरकारले क्रिकेट टोलीलाई २ करोड ४ लाख ७५ हजार दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२७
  • |
  • 708 पटक हेरिएको

काठमाडौँ । मन्त्री परिषद्को बिहीबारको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेश गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै १९औं एसियन गेम्स र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका हुन्।

आइसिसी मेन्स टि–ट्वान्टी वल्र्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ।

१५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्ने छन्।

पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई धन्यवाद दिए। 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey