नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट सिरिजको ईन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१४
  • |
  • 311 पटक हेरिएको

काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको ऐतिहासिक टी–२० क्रिकेट सिरिजमा डिशहोम फाइबरनेट प्रायोजक रहेको छ । डिशहोम फाइबरनेट ‘पावर्डबाई पार्टनरको’ रुपमा जोडिएको हो । कान्तिपुर टेलिभिजन यचडी, कान्तिपुर म्याक्स र कान्तिपुरको डिजिटल प्लेट्फर्मबाट प्रत्यक्ष प्रशारण हुनेछ।

नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुँदै छ । नेपाल र वेस्टइन्डिज दुवै टिम आउदो टी २० क्रिकेट विश्वकप खेल्न लागेका पनि यो सिरिज निकै नै महत्वपूर्ण रहेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल शनिवार हुनेछ । दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ । सवै खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey