लिभरपुल हार्दा आर्सनललाई सहज

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 420 पटक हेरिएको

इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको छ । 

एभर्टनको मैदानमा भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो । यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ । उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । यद्यपी ३४ खेलमा ७४ अंक भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत छ । 

प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । 

करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले गोल भने गर्न सकेन । खेलको २७औं मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई आग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८ औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो । लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृट रह्यो । 

प्रिमियर लिगमा आज म्यान्चेष्टर सिटी र ब्राइटनसँग प्रतिष्पर्धा गर्दैछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey