धावक उसेन बोल्ट टी-२० विश्वकपको दूत नियुक्त

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-१२
  • |
  • 545 पटक हेरिएको

अन्तरराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महान धावक उसेन बोल्ल्टलाई टी २० विश्वकप क्रिकेटको दूत नियुक्त गरेको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्न लागेको टी २० विश्वकपमा जमैकाका धावक बोल्टलाई दूता नियुक्त गरिएको आइसीसीले जनाएको छ ।

बोल्टले २००८ को बेइजिङ ओलम्पिकमा इतिहास रचेका थिए । उनले त्यतिबेला रेकर्ड समयसहित स्वर्ण पदक जितेका थिए ।    बोल्टले हाल १०० मिटर, २०० मिटर र ४गुणा१०० मिटरमा क्रमशः ९.५८ सेकेन्ड, १९.१९ सेकेन्ड र ३६.८४ सेकेन्डमा विश्व कीर्तिमान बनाएका छन्।

बोल्टले विश्व कप आफ्नै ठाउँमा हुन लागेकोमा खुसी पनि ब्यक्त गरेका छन् ।

 आईसीसीले जारी गरेको विज्ञप्तिमा बोल्टले भने, ‘आगामी आईसीसी पुरुष टी–२० विश्वकपको एम्बेसडर बन्न पाउँदा म निकै उत्साहित छु । क्रिकेट क्यारेबियनको जीवनको एक हिस्सा हो, खेलले मेरो हृदयमा सधैं विशेष स्थान राखेको छ। बोल्टले अमेरिकामा क्रिकेटको बजार खोज्नु ठूलो कुरा हुने पनि बताए ।

उनले भने, ‘म विश्वकपमा वेस्ट इन्डिजलाई सपोर्ट गर्नेछु, तर यो खेल अमेरिकामा ल्याउनु क्रिकेटका लागि ठूलो कुरा हो । यो संसारको सबैभन्दा ठूलो खेल बजार हो।

विश्वकप एम्बेसेडरका रूपमा बोल्टले प्रतियोगिताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछन्। "जुन अर्को हप्ता कार्यक्रमको आधिकारिक गीतको विमोचनमा दिग्गज कलाकार सिन पल र कीजको 'क्यामियो' बाट सुरु हुनेछ।"

आईसीसीका प्रमुख कार्यकारी अधिकृत ज्योफ एलार्डिसले भने, “उसेन बोल्ट एक विश्वव्यापी आइकन हुन्, उहाँलाई टी-२० विश्वकपको एम्बेसडरको रूपमा बोर्डमा राखेर हामी उत्साहित छौं। क्रिकेटप्रतिको उनको लगाव सर्वविदितै छ, जसले उनलाई यो भूमिकाका लागि उपयुक्त बनाउँछ।

टी २० विश्वकपमा नेपालले पनि खेल्दै छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey