आइपिएलको जारी प्रतियोगितामा अहिलेसम्म ९ शतक

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-१२
  • |
  • 542 पटक हेरिएको

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रनको बर्षा भएको छ । २० ओभरमा २०० रन सामान्य बनेको छ । आइपिएलको इतिहासमै अहिलेसम्मको धेरै रङ यस आइपिएलमा बनेको छ ।

सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै ठुलो टोटल २८७ रन बनाएको छ । त्यसपछि २७७ रनको टोटल पनि उसकै नाममा रहेको छ । त्यस्तै कोलकोताले २७२ रन बनाएको छ । त्यसैगरी खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने यस आइपिएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन् । जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन् । उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए ।

त्यस्तै यस आइपिएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन् । त्यस्तै शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान ऋतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एक एक शतक बनाएका छन् ।          

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey