चेल्सीमाथि एकतर्फी जित निकाल्दै आर्सनल तालिकाको शीर्ष स्थानमा

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-१२
  • |
  • 510 पटक हेरिएको

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि एकतर्फी जित निकाल्दै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीको पोस्टमा ५ गोल गरेको हो । जितसँगै स्पष्ट ३ अंक थपेको आर्सनलले प्रिमियर लिग तालिकामा ३ अंकको अग्रता लिएको छ ।

आर्सनल ३४ खेलबाट ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिदा दोस्रो स्थानमा रहेको लिभरपुल ३३ खेलबाट ७४ अंक बनाएर बसेको छ । आर्सनलसँग पराजित भएको चेल्सी भने ३२ खेलबाट ४७ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ ।

मंगलबार रातिको खेलमा आर्सनललाई जिताउन बेन ह्वाइट र केइ हार्भाटेजले दुई दुई गोल गर्दा लियोनार्दो ट्रोसान्डले एक गोल थपेका थिए । आर्सनको घरेलु मैदानमा ट्रोसान्डले डेक्लन राइसको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको आर्सनले बाँकी चार गोल दोस्रो हाफमा गरेको थियो । 

५२ औं मिनेटमा ह्वाइटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ५७ औं मिनेटमा हार्भाटेजले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै अग्रता तेब्बर बनाए । उनै हार्भाटेजले बकायो साकाको पासमा ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । ७९ औं मिनेटमा ओडेगार्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ५–० ले विजयी भयो ।

प्रिमियर लिगमा आज चार खेल हुने छन् । राति साढे १२ बजे वुल्भ्स र बर्नमाउथ भिड्दा पौने १ बजे क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेड, एभर्टन र लिभरपुल तथा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेड आमने सामने हुने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey