पोखरा स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 378 पटक हेरिएको

योमा मा ई मोर्टस् प्रा.लि. ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सहयोग गर्ने भएको छ ।

यही वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा मा ई मोर्टस् प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ ।

प्रा.लि.का प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले विगत ७ वर्षदेखि निरन्तररुपमा सञ्चालन हुँदै आएको पोखरा स्पोर्टस् अवार्डलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

प्रा.लि.ले मञ्चले सञ्चालन गर्दै आएको अवार्ड सफल पार्न यसअघिका वर्षहरुमा पनि निरन्तर सहयोग गर्दै आएको मञ्चका कोषाध्यक्ष कविता घर्तिमगरले बताइन् । उनका अनुसार गत वर्षपनि एक लाख बढी सहयोग गरेको प्रा.लि.ले यस वर्षपनि उक्त सहयोग नघट्ने गरी सहयोग रहने भएको छ । 

प्रा.लि. ले वातावरण मैत्री टेल्जी ब्राण्डको लायन, टाइगर लगायत मोडलका ईलेक्ट्रिक स्कुटरहरुको देशैभर आधिकारीक विक्रेताका रुपमा काम गर्दै आइरहेको छ । 

आठौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका अध्यक्ष बरालले बताए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा हुन लागेको कार्यक्रमको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ । 

अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायतले सघाउने भएका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey