हेटौँडामा अत्याधुनिक क्रिकेट रंगशाला र स्विमिङ पुल बन्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०९
  • |
  • 454 पटक हेरिएको

काठमाडौँ। बागमती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको काम शुरू भएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा रहेको गौरीटार बहुउद्देश्यीय रंगशाला परिषद्मा क्रिकेट रंगशाला र स्विमिङ पुल  निर्माणको प्रक्रिया अघि बढेको हो।

योसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रंगशाला र स्विमिङ पुल तयार हुने देखिन्छ।

'बागमती प्रदेश सरकारले क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको अनुमति दिएसँगै आजबाट हामीले काम शुरू गरेका हौँ,' प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका स्वकीय सदस्य सचिव सूर्यलाल भण्डारीले भने,'१८ महिना भित्रमा सबै पूर्वाधार बनिसक्छ।'

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey