नेपालले गुमायो ५ विकेट
- नेप्लेज
- |
- २०८१-०१-०८
- |
- 439 पटक हेरिएको
काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङविरुद्ध खराब शुरूआत गरेको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ ओमानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।
जसमा नेपालका ओपनर कुशल भुर्तेललाई शून्य, आसिफ शेख ५, सोमपाल कामी १२, कप्तान रोहितकुमार पौडेल २१ र कुशल मल्ल १३ रनमा आउट भए।
नेपालले १२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ७६ रन बनाएको छ।
यसअघि शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको थियो।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्ने छन्।
फाइनल पुगेसँगै यूएई र ओमानले इमर्जिङ कपमा आफ्नो स्थान पक्का गरिसकेका छन्। प्रिमियर कप जित्ने टोलीले एशिया कपमा स्थान बनाउने छ।