कप्तान इन्दुसहित ६ खेलाडीले मलेसियन सुपर वुमन्स कप खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०८
  • |
  • 311 पटक हेरिएको

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियन सुपर वुमन्स कप खेल्ने भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो।

क्यानका अनुसार इन्दुसहित, रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अस्मिना कर्माचार्यले मलेसियन सुपर वुमन्स कप खेल्ने छन्।

प्रतियोगिता मलेसिया क्रिकेट संघको आयोजनामा हुन लागेको छ। प्रतियोगिता २४ अप्रिलदेखि ५ मेसम्म चल्ने क्यानले जनाएको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey