चौंथो मिल्स गोल्डकपमा बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 617 पटक हेरिएको

 

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । 

जितको लागि एपीएफका हरी कार्कीले दुई गोल, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए ।  जितसँगै एपीएफले पहिलो सेमिफाइन खेल आइतबार हुने टिडबलुवाइसि विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीचको बिजेता टिमसँग खेल्नेछ । 

एक पक्षीय खेल पस्किएको एपीएफले खेल सुरु भएको ११ औं मिनेटमा हरी कार्कीले गोल गरी टिमलाई अग्रता दिए । एपीएफका कप्तान उज्वल चाम्लिङ्गले निकालेको पासलाई हरीले गोलमा परिणत गरे । पहिलो गोल गरेको एक मिनेट बित्न नपाउँदै दिसन राईले २५ यार्डबाट गरेको प्रहारले जाली चुम्यो । दोस्रो गोल पनि एपीएफका कप्तान उज्वलले पास निकालिदिएका थिए । २२ औं मिनेटमा हरी कार्कीले गोल गरी अग्रता तेब्बर बनाए । भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरीले आकर्षक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा एपीएफका धनबहादुर श्रेष्ठले गोल टिमको जित सुनिश्चत गरे । 

खेलको ५५ औं मिनेटमा बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए ।  

खेलको सुरूवातदेखि आक्रमक खेल पस्किएको एपीएफले अन्तिमसम्म दवाबमा राख्न सफल भयो । खेलको १६ औं मिनेटमा बडिपले गरेको कडा प्रहार बाहिरयो । ३७ औं मिनेटमा बर्दिवासका कृष्ण मगरको प्रहार पोस्ट माथिबाट बारियो । खेलको म्यान अफ द म्याच एपीएफका हरी  कार्की भए । उनले नगद तीन हजार पाए । 

प्रतियोगिताको शनिबारको खेल पेमा युवा क्लब विराटनगर र पियर फुटबल क्लब धरान सुनसरी बिच हुनेछ । 

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितमा प्रदेश स्तरीय ‘ए’ डिभिजनका ८ टिमको सहभागि रहेको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । 

वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल वैशाख १५ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार एक सय र उप विजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने खेल संयोजक मनोज खड्काले जानकारी दिए । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey