गुजरात ८९ रनमा अलआउट
- नेप्लेज
- |
- २०८१-०१-०५
- |
- 495 पटक हेरिएको
काठमाडौं । दिल्ली क्यापिटल्सको धारिलो बलिङ सामु गुजरात टाइटन्स ८९ रनमा अलआउट भएको छ।
घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा गुजरात १७.३ ओभरमा अलआउट हुँदै ८९ रन मात्र बनाउँन सक्यो।
गुजरातका लागि राशिद खानले २४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए। राहुल तिवातियाले १५ बलमा १ चौकाको सहयोगमा १० रन बनाए।
साई सुदर्शनले १२ रन बनाए। गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।
दिल्लीका लागि मुकेश कुमारले ३ तथा ट्रिस्टन स्टब्स र इशान्त शर्माले समान २/२ विकेट लिए। खलिल अहमद र अक्षर पटेलले समान १/१ विकेट लिए।