‘सी’ डिभिजन लिग : सानेपाको पहिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०५
  • |
  • 254 पटक हेरिएको

काठमाडौं । जारी शहिद स्मारक ‘सी’ डिभिजन लिगमा सानेपा क्लबले पहिलो जित हासिल गरेको छ।

बुधबार एन्फा मुख्यालय सातोबाटोमा सम्पन्न दिनको दोस्रो तथा अनितम खेलमा सानेपाले स्वयम्भु क्लबलाई २-१ ले पराजित गरेको हो।

सानेपाको जितमा पेमा दोर्जे लामा र निराजनजंग शाहीले एक एक गोल गरे। यता, स्वयम्भुका लागि सुग्रित मगरले सान्त्वना गोल गरे।

यो जितसँगै सानेपालले जारी सिजन ३ खेलमा ४ अंक जोडेको छ। यता, पराजित स्यम्भुको भने समान खेलबाट १ अंक मात्रै रहेको छ।

खेलको पाँचौं मिनेटमै पेमाले गोल गर्दै सानेपालाई शुरूआती अग्रता लिएको थियो। पहिलो हाफभरी एक शून्यको अग्रता बनाएको थियो।

तर, ४८औं मिनेटमा सुग्रितले गोल गर्दै खेलमा स्वयम्भुलाई १-१ को बराबरीमा अबस्थामा ल्याए।

त्यसपछि खेल सकिन ४ मिनेट बाँकी छँदा निराजनले गोल गर्दै सानेपालाई २-१ को जित दिलाए।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey