नेपालको टी २० वरीयता खस्कियो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०५
  • |
  • 17407 पटक हेरिएको

काठमाडौँ। नेपाल आईसीसीको टी २० आई वरीयतामा एक स्थान तल झरेको छ।

अन्तर्राष्ट्रिय क्रिकट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७औँ स्थानमा पुगेको हो।

नेपाल यसअघि १६औँ स्थानमा थियो। उक्त स्थानमा भने यूएई पुगेको छ। यूएई यसअघि १७औँ स्थानमा थियो। 

भारत, इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान वरीयतामा क्रमश: १ देखि १०औँ स्थानसम्म यथावत् रहेका छन्। 

आयरल्यान्ड र जिम्बाबेले एक स्थान सुधार गर्दा निमिबिया दुई स्थान तल झरेको छ। आयरल्यान्ड ११, जिम्बाबे १२ र नामिबिया १३औँ स्थानमा छन्।

स्टकल्यान्ड र नेदरल्यान्डको वरीयता भने यथावत् रहेको छ। उनीहरू १४ र १५औँ स्थानमा छन्। ओमान १८, पपुवा न्यूगिनी १९ र क्यानडा २०औँ स्थानमा यथावत् छन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey