नेपालसँग साउदी पराजित हुँदा हङकङ सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०५
  • |
  • 291 पटक हेरिएको

काठमाडौँ। हङकङ एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह बी को अन्तिम खेलमा नेपालसँग साउदी अरब ६ विकेटले पराजित भएसँगै हङकङ समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। 

समूह बी मा नेपालले शतप्रतिशत जित हासिल गर्दै ८ अंक जोड्यो। समूह उपविजेता बनेको हङकङले २ खेलबाट ४ अंक जोड्यो।

प्रतियोगिताबाट बाहिरिएको कतारले पनि ४ अंक जोड्यो। तर, कतार नेटरननेटमा पछि रह्यो। हङकङले -०.१२८ नेटरननेट रह्यो। कतारको भने -०.४५३ नेटरननेट रह्यो।

साउदी र मलेसियाले भने २/२ अंक जोडे। बुधबार नै सम्पन्न समूह चरणको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो।

मलेसियाले दिएको १४१ रनको लक्ष्य हङकङले १२.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

हङकङका बाबर हयातले सर्वाधिक ८३ रन बनाए। ३५ बल खेलेका उनले २ चौका र ९ छक्का प्रहार गरे।

कप्तान निजाकत खान ४७ रनमा अविजित रहँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

मलेसियाका पवनदीप सिंहले २ तथा खिजर हयातले १ विकेट लिए।

त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धरित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो।

मलेसियाका अहमद फैजले सर्वाधिक ३२ रन बनाए। ३१ बल खेलेका उनले २ चौका प्रहार गरे।

अकिल वाहिद ३०, शर्विन मुनिन्दी १८, सैयद अजिज १६ र विजय उन्नीले १५ रन बनाउँदा रिजवान हैदर ३ रनमा अविजित रहे।

हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए। अतिक इकबाल र एजाज खानले २/२ विकेट लिँदा एहसान खान र यासिम मुर्तजाको नाममा १/१ विकेट रह्यो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey