एसीसी प्रिमियर कप : नेपालकाे शतप्रतिशत ज‍ित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०५
  • |
  • 331 पटक हेरिएको

काठमाडौँ। साविक विजेता नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको सबै खेलमा जित हासिल गरेको छ।

बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेकाे हाे।

यता, नेपालसँग ६ विकेटले पराजित हुँदै साउदी भने प्रतियोगिताबाट बाहिरिएको छ।

साउदीले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर ७५ रन बनायो।

नेपालका गुल्शनकुमार झाले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए। १९ बल खेलेा उनले २ चौका र २ छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल १६ रनमा अविजित रहे। नेपालका अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

साउदीका इश्तियाक अहमदले सर्वाधिक २ विकेट लिए। उस्मान नजिब र वाजी उल हसनको नाममा १/१ विकेट रह्यो।

त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ २) ओमानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए। 

ब्याटिङमा उत्रिएको साउदीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो।

साउदीका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। १६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

नेपालका करण केसी र अविनाश बोहराले २/२ विकेट लिए। ललितनारायण राजवंशी र प्रतिश जीसीको नाममा १/१ विकेट रह्यो।

नेपालले समूह 'बी' मा शतप्रतिशत जित हासिल गर्दै ८ अंक जोड्यो। साउदीले ४ खेलबाट २ अंकमात्रै जोड्न सक्यो। साउदीले अन्तिम खेलमा नेपाललाई पराजित गरेको भए समूह उपविजेता बनेर सेमिफाइनल पुग्ने समीकरण तय भएको थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey