इशान्वीलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०२
  • |
  • 235 पटक हेरिएको

इशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा स्वर्ण जितेकी छन्।

ललितपुर जिल्ला टेबलटेनिस संघको तत्वावधानमा कान्तिपुर भ्याली पिङ पोङ क्लब (केभीपीपीसी) र ललितपुर टेबलटेनिस क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा केभीपीपीसीकी इशान्वीले आफ्नै क्लबकी इम्रिन महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन्।

पाटनको गाहबालमा भएको प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्सको फाइनलमा केभीपीपीसीका रिजन शाक्यले सोही क्लबका अर्नव श्रेष्ठलाई ३–१ को हराउदै पहिलो भए। यु–१० मिक्समा नेपाल एपीएम टेबलटेनिस क्लबकी ममता बोहराले स्वर्ण जितिन्। ममताले फाइनलमा रुसन शाक्यलाई ३–१ ले पाखा लगाइन्।

विजेतालाई ललितपुर महानगरपालिका वडा १९ का अध्यक्ष राजेन्द्र महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey