टी-२० विश्वकपको जर्सी अमेरिकामा बिक्री सुरु

Kelmi

  • Roshan Bahadur Singh
  • |
  • २०८१-०१-०१
  • |
  • 1165 पटक हेरिएको

अमेरिका र वेष्टइन्डिजमा संयुक्त रुपमा हुने आइसिसी टी २० विश्वकपका लागि नेपाल क्रिकेट सङ्घले केही दिन अगाडी जर्सी सार्वजनिक गरेको थियो । जुनको १ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपाली क्रिकेट टिमले लगाउने जर्सीको अमेरिकी बिक्री अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको छ ।

केल्मी नेपालले तयार पार्ने जर्सी अमेरिकामा आधिकारिक बिक्रीको अधिकारका लागि एक्जोबी यूएसएका ब्यवस्थापकद्वय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेबिच मेरिल्यान्डको बाल्टिमोरमा सम्झौता भएको हो ।

सम्झौता अनुसार केल्मी नेपालले एक्जोबी यूएसएलाई विश्वकपमा नेपालले लगाउने जर्सीलाई उपलब्ध गराउने छ । जसका लागि केल्मी नेपालले जर्सीलाई अमेरिकासम्म पुर्‍याउने जिम्मा लिएको छ । केल्मी नेपालले पहिलो पटक कुनै पनि खेलकुदको विदेशी अधिकार बिक्री गरेको हो । पछिल्लो पटक नेपाली क्रिकेट टिमको बढ्दो क्रेजलाई आत्मसाथ गर्दै विश्वकपमा नेपाललाई समर्थन गर्ने समर्थकले सोही गुणस्तरको जर्सी लगाएर विश्वकप हेरुन् भन्ने मनसायका साथ यो सम्झौता भएको हो ।

जर्सीलाई अनलाइनको माध्यमबाट बिक्री गरिने एक्जोबी यूएसएका व्यवस्थापक सुमन क्षेत्रीले बताए । जसका लागि वेबसाइट तयार पारिएको छ भने मूल्य ३९.९९ डलर राखिएको छ ।

नेपालको जर्सी लगाएर विश्वकप हेर्न चाहने अमेरिकामा रहेका समर्थकका लागि यो ठूलो खुसीको विषय रहेको एक्जोबीका व्यवस्थापक क्षेत्रीले बताए ।

विश्वकप हेर्नका लागि अमेरिकामा रहेका नेपाली समर्थक निकै उत्साहित रहेका छन् भने जर्सीका लागि पनि सोधखोज गरिरहेका छन् । अब उनीहरूका लागि यो सम्झौताले ठूलो सहयोग हुने अपेक्षा गरिएको छ ।

सम्झौतापछि केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले क्रिकेटको माध्यमबाट केल्मीलाई अमेरिकामा पनि चिनाउन पाउँदा निकै खुसी लागेको बताए । साथै यसले आफूहरूलाई पनि उत्साह थपेको बताए । यो सहकार्य भविष्यमा पनि कायम रहने अपेक्षा रहेको बताए । विश्वकप आउन करिब डेढ महिना भन्दा बढीको समय बाँकी हुँदा राम्रो अनुपातमा जर्सी बिक्री हुने अपेक्षा एक्जोबी यूएसएले गरेको छ ।

नेपाली क्रिकेट टिमले समूह चरणका दुई खेल अमेरिकामा खेल्नेछ भने दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । जसमा अमेरिकामा नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग डालासको ग्राण्ड पिएरीमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कासँग जुन ११ मा फ्लोरिडामा खेल्नेछ । समूह चरणका बाँकी दुई खेल वेष्ट इन्डिजमा हुनेछन् ।

जर्सी बिक्रीका लागि आजैबाट अनलाइनमा राखिएको छ । जसमा जर्सीका लागि यो लिङ्कमा क्लिक गरेर अर्डर गर्न सकिनेछ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey