उप-मेयर कप क्रिकेटमा भद्रपुर फाइनलमा प्रवेश

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 407 पटक हेरिएको

मोरङको बेलबारीमा जारी प्रथम कोशी प्रदेशस्तरीय अन्तर पालिका उप मेयर कप क्रिकेट प्रतियोगितामा भद्रपुर नगरपालिकाले फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा धरान उपमहानगरपालिकालाई २९ रनले पराजित गर्दै भद्रपुरले फाइनलमा स्थान बनाएको हो ।

धरान उपमहानगरपालिकाले पहिला टस जितेर बलिङ रोजेको थियो। टस हारेर सुरुमा ब्याटिङ गरेको भद्रपुरले १९‍.१ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो ।

भद्रपुरको लागि समीर कार्कीले २८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । प्रवेश कामतीले १० बलमा ११ रनको पारि खेले । धरानका लागि नवराज कुमार दासले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । 

१४७ रनको लक्ष पछ्याएको धरानले १६.२ ओभरमा ११७  रन बनाउँदै समेटियो। धरानको लागि रोशन साहले ११ बलमा १ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ३४ रन बनाए। भद्रपुरको लागि प्रवेश कामतीले ३.२ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिए। भद्रपुरका प्रवेश कामती म्यान अफ थ म्याच बने  । 

अब भद्रपुरले उपाधिका लागि विराटनगर महानगरपालिकासँग खेल्ने छ । फाइनल खेल शनिवार हुने छ ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey