एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तान विजयी भएको छ ।
आज भएको खेलमा बंगलादेशमाथि पाकिस्तानले ७ विकेटको जित दर्ता गरेको हो ।
बंगलादेशले दिएको १९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
पाकिस्तानलाई जित दिलाउन इमाम उल हक र मोहम्मद रिजवानले अर्धशतकीय पारि खेले ।
हकले ८४ बल फेस गर्दा ४ छक्का र ५ चौकाको मद्दतले ७८ रनको पारि खेलेका थिए ।

यसैगरी रिजवानले ६३ रनको नटआउट पारि खेल्दा १ छक्का र ७ चौका प्रहार गरे ।
रिजवानलाई अन्तिमसम्म आघा सल्मानले १२ रनको नट आउट पारि खेले ।
फकर जमानले २० रन बनाउँदा कप्तान बाबर आजम १७ रनमा पभेलियन फर्किए ।
बंगलादेशका तकसिन अहमद, सइफुल इस्लाम, मेहदी हसनले एक एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले २८.४ ओरभमा १९३ रन बनाएको थियो ।
बंगलादेशका मुस्फिकुर रहिम र कप्तान शाकिब अल हसनले अर्धशतकीय पारि खेल्दा अरुको प्रदर्शन सम्झन लायक रहेन ।
रहिमले ६४ रन जोड्दा ८७ बल फेस गरेका थिए । उनले ५ चौका प्रहार गरे ।
साकिवले ५७ बलमा ५७ रन बनाउँदा ७ चौका प्रहार गरे ।

यस्तै मोहम्मद नइमले २० रन बनाउँदा लिटन दास र समिम होसेनले १६–१६ रन जोडे ।अफिफ होसेनले १२ रन जोडे ।
बंगलादेशलाई सस्तैमा रोक्न पाकिस्तानका हेरिस रौफले सर्वाधिक ४ विकेट लिए ।
उनले ६ ओभरमा १९ रन खर्चिएका थिए ।
यस्तै, नसिम साहले ३ विकेट लिँदा सहिन साह अफ्रिदी, फहिम असरफ र इफ्तिकर अहमदले एक एक विकेट लिए ।