एसिया कपका सुपर चार र फाइनल खेलको स्थान परिवर्तन

  • Image नेप्लेज
  • २० भदौ २०८०, बुधवार
  • 3694 पटक हेरिएको
एसिया कपका सुपर चार र फाइनल खेलको स्थान परिवर्तन

Pic: Eespncricinfo

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कपको सुपर–४ र फाइनल खेलहरु कोलम्बोमा मात्रै गर्ने निर्णय गरेको छ । एसियाली क्रिकेट काउन्सिलले सुपर ४ र फाइनलका खेलहरू आयोजना गर्न कोलम्बोको मैदान छनोट गरेको थियो । तर पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाले एसीसीलाई मैदान परिवर्तन गर्न बाध्य बनाएको थियो । जसका कारण कोलम्बोमा हुने सबै खेल हम्बनटोटामा सारिने बताइएको छ ।

पीटीआई समाचार अनुसार एसीसीले एसिया कप २०२३ को सुपर ४ र फाइनल खेल कोलम्बोमा मात्रै हुने पुष्टि गरेको छ । कोलम्बोमा खेलहरू आयोजना गर्ने निर्णयमा पुग्नुअघि एसीसीले आयोजक श्रीलंका क्रिकेट, पाकिस्तान क्रिकेट बोर्ड र आधिकारिक प्रसारणकर्तासँग वार्ता गरेको थियो।

रिपोर्टका अनुसार प्रसारणकर्ताले यति छोटो समयमा सबै आवश्यक उपकरण र कर्मचारी लिएर हम्बनटोटा जान आपत्ति जनाएका थिए। यति छोटो समयमा सबै कार्यक्रम हम्बनटोटामा सार्नु निकै गाह्रो काम भएको उनले बताए ।

वास्तवमा, हम्बनटोटा मैदान दक्षिणी श्रीलंकाको जंगलको बीचमा अवस्थित छ। निकटतम शहरी क्षेत्र वा उच्च गुणस्तर होटल त्यहाँबाट कम्तिमा ४५ मिनेट टाढा छ। यस्तो अवस्थामा हम्बनटोटामा यति छोटो समयमै व्यवस्था गर्न खेलाडी, सहयोगी कर्मचारी, प्रसारकलगायत सबैलाई गाह्रो छ ।

तर, अहिले श्रीलंका क्रिकेटले कोलम्बोको मौसममा सुधार भइरहेको जनाएको छ । त्यसैले अब श्रीलंकामा हुने सुपर ४ का ५ खेल र एक फाइनल खेल कोलम्बोमा मात्रै आयोजना गरिने छ ।