नेपाल एसीसी इस्टर्न जोन यु–१६ क्रिकेट प्रतियोगिताको लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । मलेसियाको बायो मास ओ भल मैदानमा भएको फाइनल खेलमा नेपाल मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमाथि तेस्रो पटक कब्जा गरेको हो ।
नेपाललाई जित दिलाउन नरेनले अविजित शतक प्रहार गरेका थिए । उनले ८९ बलमा अविजित ११२ बनाएका थिए ।
त्यस्तै अभिषेक तिवारीले मलेसियाको पाँच विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा एक मे डन सहित ७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिएका हुन् ।
नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४।५ ओभरमा ३१ रनमा समेटिन पुग्यो । मलेसियाका एक खेलाडीले मात्र दोहोरो अङ्कको रन बनाउन सके ।

मलेसियाका मुहम्मद अक्रमले १० रन जोड्दा मुहम्मद रिफाईले ७ रन बनाए । त्यस्तै मलेसियाका पाँच खेलाडीले कुनै रनको खाता खोल्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक पाँच विकेट, सन्तोष यादवले तीन तथा अशोक धामी र सागर गैरेले एक एक विकेट लिए ।
यसअघि नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनायो ।
जसमा नरेनले ८९ बलको सामना गर्दै ११२ रनमा अविजित रहे ।
यस्तै नीरज कुमार यादवले ४७ रनको योगदान गरे ।
नेपालका सन्तोष यादवले २६ रन बनाउँदा ओपनर सुर्यांशु कोइरालाले १८ रन बनाए । त्यस्तै अशोक धामी ११ रनमा आउट भए ।
मलेसियाका लागि मोहम्मद अक्राले ३ विकेट लिँदा हाजिज हैकल र अरिन अकिलले समान एक एक विकेट लिए ।
यसअघि नेपालले सन् २०१७ र सन् २०१९ मा लगातार दोस्रो पटक उपाधि जितेको थियो । यो तेस्रो संस्करण हो । नेपालले यु–१६ यो प्रतियोगितामा ह्याट्रिक गरेको छ ।
नेपालले सेमिफाइनल खेलमा सिङ्गापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध पार्दै फाइनलमा पुगेको हो ।
नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा